BBC News, नेपाली - होमपेज
मुख्य समाचार
दक्षिण कोरियाले यो वर्षदेखि 'होटल र रेस्टुराँ'मा पनि नेपाली कामदार लिने, जाने प्रक्रिया के?
गत वर्ष अर्थात् सन् २०२३ मा २० हजार जनाभन्दा बढी नेपाली कोरिया गएका थिए। कोरियामा अहिले नेपाली कामदारको सङ्ख्या ५५ हजार जनाभन्दा धेरै रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।
'जसपा नेपाल विभाजनको तरङ्ग'
केन्द्रमा गत फागुनमा सत्ता समीकरण परिवर्तन भएसँगै त्यसको प्रभाव प्रदेशहरूमा परिरहेको देखिएका बेला जसपा विभाजनले विशेषगरी मधेश प्रदेश सरकार 'ढल्न सक्ने' अनुमानहरू पनि गरिएका छन्।
दिल्लीका मुख्यमन्त्री केजरीवालले पाए 'अन्तरिम जमानत'
अदालतले उनलाई चुनाव प्रचारप्रसार गर्न कुनै खालको रोक नलगाएको र आदेशमा उनले के गर्न पाउने वा नपाउने भन्ने कुनै विषयबारे उल्लेख नगरिएको पनि केजरीवालका वकिलले बताए।
अमेरिकाले हतियार रोकेपनि इजरेलले हमासलाई जित्ने नेतन्याहुको घोषणा
इजरेली प्रधानमन्त्रीले गाजाको रफाहमा पूर्ण स्तरको आक्रमणलाई अनुमति दिएको खण्डमा हतियारको आपूर्ति रोक्न सकिने अमेरिकी चेतावनीलगत्तै बेन्जमिन नेतन्याहुले इजरेल "एक्लै खडा हुन सक्ने" प्रतिक्रिया दिएका छन्।
भिडिओ, ब्रजिलमा भीषण बाढीः घरको छानामा घोडा, विमानस्थलमा डुबानसमयावधि, 0,50
ब्रजिलको रिओ ग्रान्डी डु सुल प्रान्तमा आएको बाढी र पहिरोका कारण धनजनको ठूलो क्षति भएको छ।
के सरकारी कार्यालयहरूमा आफूखुसी तस्बिर झुन्ड्याउने क्रम बढ्दै गएको हो
खासगरी प्रधानमन्त्री, मुख्यमन्त्री एवं प्रदेश प्रमुख परिवर्तन भइरहने अनि मनपरी ढङ्गले आफू अनुकूलका व्यक्तिका तस्बिर राख्दा त्यसको आर्थिकभार राज्यकोषमा पर्ने गरेको जानकारहरू बताउँछन्।
हिक्मत कार्की मुख्यमन्त्री नियुक्त, अब के होला कोशी प्रदेशको किचलो
एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएको दिन नै त्यसविरुद्ध मुद्दा लिएर कांग्रेसका केदार कार्की सर्वोच्च अदालत पुगेका छन्।
अनि यो पनि
भिडिओ, ७५ हजार वर्ष पहिलेकी 'नीयान्डर्टाल' महिलाको अनुहार कस्तो थियोसमयावधि, 2,04
पुरातत्त्वसम्बन्धी विशेषज्ञ चित्रकारहरूले सयौँ टुक्राहरू जोडेर बनाइएको खप्परका आधारमा 'नीयान्डर्टाल' महिलाको थ्री-डी मोडल बनाएका छन्।
आखिर कहाँ जाँदै छन् नेपाली काठका ठेकीहरू
नेपालका ग्रामीण भेगमा विगतमा पाइने गरेका काठका पुराना ठेकीहरू अचेल नपाइने गरेका मानिसहरू बताउँछन्। आखिर कहाँ जादै छन् सारा ठेकीहरू?
उपचार नपाउँदा नवजात शिशु गुमाएका आमाहरूको वेदना
सुर्खेत र जुम्लामा बाहेक कर्णालीका अरू जिल्लामा शिशुका लागि आवश्यक एनआईसीयू सेवा नै उपलब्ध छैन।
'सेभिङ पार्ट्नर': चिनियाँ महिलाको पैसा जोगाउने नयाँ काइदा
चीनको अर्थतन्त्र सोचेभन्दा तीव्र गतिमा विकसित भए पनि यसका अगाडि विभिन्न सङ्कट रहेकाले महिलाहरू घरखर्च धान्न बचत बढाउन चाहन्छन्।
नोटमा नयाँ नक्सा छाप्ने नेपालको निर्णयप्रति भारतको असन्तुष्टीमाझ नेपाली विज्ञहरूको चिन्ता
चार वर्षअघि जारी नेपालको पछिल्लो नक्सालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन उल्लेख्य प्रगति नभएको अवस्थामा सरकारको यो निर्णय 'लोकप्रियताका लागि मात्रै गरिएको' कतिपय विज्ञहरूको टिप्पणी छ।